नेकपाका महासचिव विप्लवद्धारा देउमतीप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टीनिकट युवा संगठन नेपालका नेतृ कमरेड आस्थाको ममतामयी आमाप्रति महासचिव विप्लवले श्रद्धाञ्जली अर्पण गरेका छन । थलारा गाउँपालिका–२, बझाङ् निवासी वर्ष ६५ की देउमती देवी चुनाराको यही श्रावण १६ गते क्यान्सरका कारण भएको दुःखद् निधनले अपुरणीय क्षति भएको उल्लेख गर्दै महासचिवले विज्ञप्तिमा भनेका छन – ‘ यस दुःखद् घडीमा सिङ्गो पार्टी आदरणीय आमाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै सम्पुर्ण परिवार तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गर्दछौ ।’