‘ पार्टी र जनतालाई दमन गरे दलालहरुका दिनपनि सजिलै बित्दैनन ‘

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीले ललितपुर जिल्ला अदालतले सो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछी त्यसको बिरुद्द नेकपाका डटेर सामना गर्ने चेतावनी दिएका छन । यसैक्रममा नेकपाका केन्द्रिय सदस्य चुडामणि वलीले सरकारी पक्षले ३ बुँदे सहमतिको उलंघन गरेर गम्भीर भुल गरेको बताएका छन । उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरे प्रतिरोध गर्ने बताउदै बरु खरानी हुन तयार हुने तर अझुकने बताएका छन । उनले भनेका छन – ‘हाम्रो पार्टीलाई बाध्य बनाए प्रतिरोध गर्नु पर्ने भयो भने बरु खरानी भइन्छ तर जनतालाई धोका दिईदैन ।’
नेता वलीले राजनीतिमा इमान्दारिता हुने बताउदै, धोका भए एकइन्च पछि नहटी अगाडी बढ्ने बताउदै जनमुत्ति सेनाले बन्दुककाे नालबाट ल्याएकाे गणतन्त्रकाे कुर्सीमा बसेर पार्टी र जनतालाई दमन गर्ने नै हाे भने दलालहरुका दिनहरु अब सजिलै नबित्ने नेता ठोकुवा गरेका छन । उनले देश र जनता संकटमा भएको भन्दै, देश र जनताकाे लागी आबश्यक परे याेग्दान र बलिदान गर्न सबै तयार रहन समेत आदर्शले अपिल गरेका छन ।
नेकपाका केन्द्रिय सदस्य चुडामणि वलीले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको धारण यस प्रकार रहेको छ – ‘हामीले जान्नै पर्ने कुरा ,जहिले पनि राज्य सत्ताले नै आतंक मच्चाउछ।३ बुदे सम्झौता लागू नगरेर आज साउन १६ गते साेमबारका दिन (२०७९) नेकपा का महासचिव लगायत कमरेडहरुलाई अदालतले पक्राउ पूर्जि जारी गर्याे,याे नाङ्गै रुपमा परस्तुत भएकाे स्पस्टछ। जब हामी राष्टघातका बिरुद्ध अगाडि बढ्छौ,यस किसमका संकेतहरु देखा पर्दछन्।यसरी धम्काएर,तर्साएर, बेमानी गरेर, धाेका दिएर,साम्राज्यवादीसंग घाँटी जाेडेर, आफ्नो देश,जनता,मूल्य मान्नेता र अस्थित्ताेलाई समेत नामेट पारेर गठबन्धन सरकारले गैरजिम्मेवारी काम गरेकोछ। यसकाे सबैले पर्दाफाँस गर्नु पर्दछ।अदालत सत्ताकाे एक अंग त हाे तर थाेरै साेच्नु पर्थ्याे ।हाम्रो देशमा कसैले पनि दलाली गर्न हुदैन,साम्राज्यवादीहरुकाे मुनि पर्न हुदैन। हाम्राे पार्टीलाई बाध्य बनाएर प्रतीराेध गर्नु पर्ने भयाे भने बरु खरानी भइन्छ जनतालाई धाेका दिइदैन। राजनितिमा इमान्दारीता हुन्छ,धाेका दिइएमा एक इन्च पनि पछि नहटी अगाडि गइन्छ। रगत हाम्राे मात्रै बग्नेछैन लडाइ गर्न खाेज्नेहरुकाे पनि बग्न सक्छ! त्यसकारण सम्झौता लागू नगर्नेमा कसकाे दाेसहाे? अब जनताले छुट्टाउनुपर्छ।जनमुत्ति सेनाले बन्दुककाे नालबाट ल्याएकाे गणतन्त्रकाे कुर्सीमा बसेर हाम्राे पार्टी र जनतालाई दमन गर्ने नै हाे भने दलालहरुका दिनहरु पनि सजिलै बित्तैनान्। हामीले यहाँ बैज्ञानिक समाजवाद ल्याउनुपर्नेछ। जाे एकीकृत जनक्रान्तिबाट मात्र सम्भवछ।याे देशका जनतालाई धेरै अन्याय भएकाेछ,यसकाे हल क्रान्तिले गर्छ,क्रान्तिलाई राज्यका सबै अंगले सहयाेग गर्नुपर्छ।यदी हाेइन भने सबैले कुर्सी छाेड्नुपर्छ। याे त जनता र देशकाे आबश्यक्ताहो नि! mcc जस्ताे बिसालु र घातक सम्झौता नेपाल सरकारले गर्नु आफ्नै टाउकाेमा बन्चराे हान्नु बराबरहाे। पैसामा बिक्रि हुने पार्टी र नेताहरु बिस्तारै माटाेमा मिल्न जानेछन्। नेपाली जनतालाई हामीले भन्दै जानुपर्छ कि काँग्रेस ,एमाले,र प्रचण्ड सम्म आउदा देशमा ठुला ठुला राष्ट्रघात भए । हामीले तिलिचाे तालकाे पानी सम्म पनि पिउन नपाउने भयाे। यहाँ भ्रम नपराेस कि गण्डक सम्झौताले अफ्ठ्याराे पारेकाेछ। महाकाली,अपरकर्णाली, काेशी, अरुण ३,बिप्पा सम्झौता लगायत राष्ट्रघाति काममा हाल सम्म सरकारमा बस्दै आएका पार्टीहरुसबै खरानी भए। विश्वकाे इतिहासमा बिना क्रान्ति सत्ता परिवर्तन भएकाेछैन।तर मूर्खहरुले किन बिराेध गर्छन्हाेला ? सबै सजग हौ,सचेत हौ,पारदर्शी जबाफदेही हौ देश संकटमा छ ,देश र जनताकाे लागी आबश्यक परेमा याेग्दान र बलिदान गर्न सधै तयार हौ। ‘