‘राष्ट्रघातविरुद्ध आवाज उठाउनेलाई तर्साउन पक्राउ पुर्जी’

२०७९ श्रावण १७ गते, मंगलवार


काठमाडौँ । प्रतिरोध आन्दोलनले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेतामाथि पक्राउ पुर्जी जारी गरेकोमा विरोध गरेको छ । प्रतिरोधका अध्यक्ष मनोज खतिवडा र सचिव अनिता पण्डितले एक विज्ञप्तिमार्फत राजनीतिक रूपमा उठ्ने फरक मतप्रति सरकार असहिष्णु रहेको साथै राष्ट्रघातविरुद्ध आवाज उठाउनेलाई तर्साउन पक्राउ पुर्जी जारी गरेको टिप्पणी गरेका छन् ।
प्रतिरोधका अध्यक्ष मनोज खतिवडा र सचिव अनिता पण्डितद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको यस घटनाले अहिलेको संविधानले व्यवस्था गरेको भनिएको राजनीतिक स्वतन्त्रता तथा सरकारको देखाउने शान्ति, सुव्यवस्था, कानुनी राज्य र विधिको शासनप्रतिको नक्कली प्रतिबद्धतालाई लज्जास्पद ढंगले उजागर गरेको छ । ‘

प्रतिक्रियाहरु

[anycomment]