‘पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजियो ‘

२०७९ श्रावण १८ गते, बुधबार


काठमाडौँ । ३ बुदे सहमती विपरित नेकपाका महासचिव बिप्लब ,प्रवक्ता प्रकाण्डलगायतलाई पक्राउ पुर्जी जारी गरेको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेको छ। उक्त बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर ओखलढुंगा जिल्ला ईन्चार्ज विवेक कुमालले सरकारले विप्लवलगायतका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बिरोधमा आफुहरुले सडक आन्दोलन गर्नु परेको बताए । उनले देशमा भएको बढ्दो महंगि ,भ्रष्टाचार बलात्कार जस्ता जनघन्य अपराधको बिरोध गर्दा यो दलाल सरकारले दुई बर्ष प्रतिबन्ध लगाएको र आफुहरुले त्यसको प्रतिरोध गर्दै आएको र केपि नेतृत्वको सरकारसंग नेकपाले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छ्न ।
ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आफुहरुलाई सहे नभएको बताउदै उनले यो सरकारले हाम्रो मागलाई बेवास्ता गरे जस्तो सुकै चुनौतीमा पनि आफुहरु प्रतिकार गर्न तयार रहेको कुरा बताएका थिए।
-अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु