‘बिप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेज गर ‘

२०७९ श्रावण १८ गते, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी खारेज गर्न माग गरेका छन। नेता श्रेष्ठले सामाजिक संजाल फेसबुकमार्फत सो माग गरेका हुन् । नेता श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेखेका छन – ‘क• बिप्लवहरुलाई जारी गरिएको पक्राउ पुर्जीका बारेमा नियमित अदालती प्रक्रिया भनेर पञ्छन मिल्दैन।यसलाई खारेज गर्नु अनिवार्य छ । सरकारले अविलम्व आवश्यक कदम चालोस् ।’

प्रतिक्रियाहरु

[anycomment]