‘सरकार बन्दुक बोक्न बाध्य बनाउँदै छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कालिकोटका सेक्रेटरी रणदिपले सरकारले ३ वुँदे सहमतीलाई बेवास्था गरेर जवरजस्त नेकपालाई युद्धगर्न बाध्य पार्ने षड्यन्त्र गरिरहेको बताएका छन । कालिकोटको पचालझरनामा आयोजित युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सेक्रेटरी रणदिपले राज्यले झुठ्ठामुद्दा लगाएर नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने र क्रान्तीको गला रेट्ने खेल खेली रहेकाले यो षडयन्त्रप्रति पार्टी नेतृत्व सचेत रहेको बताए । राज्यले युद्ध चाहेपनि आफ्नो पार्टी एकीकृत जनक्रान्तीको कार्यदिशाबाट बिचलित नहुने ठोकुवा गर्दै उनले युद्ध नहुँदा त पुलिसको बुटमा करोडौ भ्रष्टाचार गर्ने, सरकारी, मन्त्री र नेताहरु युद्ध भए युद्ध सामाग्री खरिद्को नाममा अरोबौ भ्रष्टाचार गर्ने सपनामा कुँदिरहेकाले यो नाटक मन्चन गरेको बताए ।
उनले सरकारले हतियार उठाउन बाध्य पारेपनि आफ्नो पार्टीले कुनैपनि हालतमा जनक्रान्तीलाई नछोड्ने तर प्रतिकारका लागि सरकार जसरी आँउछ त्यसरी जनतासहितको प्रतिरोध गर्ने बताए ।