३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै बिराटनगरमा बिरोध सभा

२०७९ श्रावण २१ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसंग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपालगायत चार कम्युनिस्ट पार्टीहरुले पुर्बको बिराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन । उक्त कार्यक्रम मोरङ्गको हनुमान मन्दिरबाट विभिन्न नाराहरु लगाउदै एमसीसी र एसपीपी , नागरिकता बिधेयक खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर ,पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता गर ,विप्लवलगायत नेतालाई जारी गरेको पक्राउ पुर्जि फिर्ता गर जस्ता नाराहरु लगाउदै बजार परिक्रमा गरि ट्राफिक चौकमा गएर कोण सभामा परिणत भएको थियो ।
उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका मोरङ्ग जिल्ला सेक्रेटरी देब गुरुङ्गले नेताहरुले राष्ट्रघाती एमसिसी र एसपीपी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्ताउने काम गरेको बताएका थिए। उनीहरुले बिदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाइ कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाइ स्विकार्य नहुने बताउदै जस्तो सुकै चुनौती आए पनि आफुहरु पछाडि नहट्ने र एमसिसि एसपीपी सम्झौता कुनै हालतमा कार्यन्वाय गर्न नदिने बताउदै उनले नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टी संग भएको तिन बुदे बार्तालाई कार्यनयन गर्नुको साटो उल्टै नेताहरुलाई पक्राउ पुर्जि जिल्ला अदालत ललितपुरले जारी गरेकोमा आपति जनाए। उनले नेपाल सरकारलाई तीन बुदे सहमति कार्यान्वयन गरि नेताको नाममा जारि गरिएको पक्राउ पुर्जि फिर्ता गर्न आग्रह गर्दै यदि राज्यले हाम्रो कुरालाई बेवास्ता गर्छ भनि आफुहरु जस्तोसुकै चुनौती आए पनि पछि नहट्ने र राज्यलाई ईटको जवाफ पथरले दिने चेतावनी समेत दिएका थिए।
कार्यक्रममा बैज्ञानिक समाजबादिबाट लक्ष्मण न्यौपानेले बोल्दै सरकार जनता प्रति उतरदायि नबनेको कारण आज देशमा मंहगि ,कालो बजारि ,भ्रष्टाचार बढ्दै गएको कुरा बताएका थिए भने कार्यक्रमको संचालन मोरङ्ग जिल्ला कमिटी सदस्य कुमार खतिवडाले गरेका थिए।
-अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु