अछाममा संस्थागतरुपमा भ्रस्टाचार भएको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामले गत आ ब मा गरिएका विकास निर्माणबारे पार्टीको अनुगमन विभागले स्थलगत रुपमा गरेको अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ। जिल्लाका विभिन्न स्थानीय तहहरु र प्रदेश सरकारद्वारा बिनियोजित बजेटमा नियम विपरीत र संस्थागत रुपमा भ्रष्टाचार भयको गुनासो पार्टीमा आएपछि झण्डै एक महिना लगाएर गरिएको अनुगमनको प्रारम्भिक प्रतिवेदन सेक्रेटरी सरिताद्वारा शनिबार जारी एक विज्ञपति मार्फत सार्वजनिक गरिएको हो।
चार वटा नगरपालिका र ६ वटा गाउपालिका गरि १० वटा स्थानीय तह रहेको अछाम जिल्लामा स्थानीय तहहरुले गरेका अधिकाङ्श निर्माण सम्बन्धि योजनामा प्राविधिक स्टमेट अनुसार काम नभएको, प्रदेश सरकारबाट सञ्चालित योजनाहरु स्थानीय आवश्यकताका आधारमा नभइ पार्टीका कार्यकर्ता पोस्ने उद्देश्यले बनाइयको, ढकारी गाउँ पालिकाले हालै भर्ना गरेको रोजगार सहायक पदमा फर्जी कागजात तयार गरि छनौट गरेको कुरा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
त्यस्तै अनुगमन प्रतिवेदनमा ,रामारोशन गाउपालिकाको निलकण्ठ मा वि को भवन निर्माण गर्दा करिव २ सय जनाले ज्याला नपायको , सोही गाउँ पालिकाले सञ्चालन गरेको डोजरको २५ सय १७घण्टाको हिसाब नदेखिएको जनाइएको छ।
तुर्माखाद गाउपालिकामा कोभिड संक्रमितका लागि भनी छुउट्याइयको रकम जनप्रतिनिधिका आफन्त र नातागोताहरुलाइ दामासहिका दरले बाढिएको मङ्गलसेन , बिनायक , ढकारी र कमलवजारमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा दलिय आस्थाका आधारमा भर्ती गर्ने गरेको र ठेक्का पट्टाका योजनामा कामको गुणस्तरमा ध्यान नदिइ आपसी मिलेमतोमा निकासा दिने गरियको कुरा उल्लेख गरिएको छ।
चुनाव जित्नका लागि पैसा खर्च गरेर जित्ने र जितिसकेपछि असुल्ने परिपाटी स्थापित भएकोले बिकास निर्माणका काममा व्यापक भ्रस्टाचार वढ्दै गएको, सबै दलहरु कुनै न कुनैरुपमा पालैपालो सत्तासीन हुँदै गए पछि भ्रष्टाचारबिरुद्ध बोल्ने कुनै शसक्त निकाय नै नहुनु र भ्रस्टाचार गरेपति कार्बाही गर्ने निकायहरु समेत निकम्मा भएपछि नागरिकले उजुरी समेत दिन छोडेको स्थितिमा स्थानीय स्तरमा भए गरेका कामहरुको अनुगमन गरेर सम्बन्धित निकायलाई दबाब सिर्जना गर्दै कानुनी कार्बाहिको माग समेत जारी विज्ञप्ती मार्फत गरिएको छ भने यदि समयमा आबश्यक कार्बाही नगरे जनताको विचबाट कार्बाही गर्ने चेतावनी समेत दिइएको छ।
