तीन बुंदे सहमती कार्यान्वयन नगरे प्रतिरोध

२०७९ श्रावण २७ गते, शुक्रबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ईलामका ईन्चार्ज सुमनसिंहले तीन बुंदे सहमती कार्यान्वयन नगरेर आफ्नो पार्टी र नेताहरु बिरुद्ध षड्यन्त्र जारी राखे प्रतिरोध गर्ने बताए । नेकपा ईलामको बिशेष बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले अमेरिकन कठपुतली सरकारले अमेरिकाको निर्देशनमा आफ्नो पार्टिका नेताहरु बिरुद्ध पक्राउपुर्जी जारी गरेको बताए । पक्राउ पुर्जी खारेज गर्न, बन्दी साथिहरुलाई रिहा गर्न र भएका राजनितिक सहमतिहरु कार्यन्वयन गर्न राज्य तयार नभए आंफुहरु जनतामा फर्कन र भीषण प्रतिरोध संघर्ष संचालन गर्न बाध्य हुने बताए ।
बैठकले यहि भदौ १६ गते ईलामको सुर्योदय नगरपालिकास्थित फिक्कल बजारमा सामना सांस्कृतिक परिवारको भव्य सांस्कृतिक प्रदर्शनसहित हजारौं जनताको बिचमा जिल्ला सम्मेलन गर्ने निर्णय लिंदै तयारी थालेको छ । साथै नवौं महाधिवेशनको तयारीको निम्ति सबै पार्टिपंक्तिलाई खट्न निर्देशन गरिएको छ । बैठक पार्टीका जिल्ला सचिब मौसमको अध्यक्षता तथा सञ्चालनमा भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]