नेपाल कम्युनिस्ट पार्टी उदयपुरको सम्मेलन भाद्र १९ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरको विशेष बैठक पार्टीको केन्द्रिय सदस्य तथा उदयपुर, ओखलढुंगा जिल्ला ईन्चार्ज विबेक कुमालको प्रमुख अतिथि र जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलको अध्यक्षतामा भाद्र १९ गते जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गर्दै सम्पन्न भयो। बैठकको शुरुमा महान सहिदहरु प्रति एक मिनेट श्रद्धाञ्जली अर्पण गर्दै तथा घाइते ,बेपत्ता योद्धाहरु प्रति स्मरण गर्दै बैठकको शुरूवात गरेको थियो ।
उक्त बैठकमा उपस्थित सम्पूर्ण कमरेडहरुले आफ्नो आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गरेका थिए ।
उक्त बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रिय सदस्य विवेक कुमालले बैठकमा उठेको प्रश्नहरुको जवाफ दिदै राज्यले नेपाल कम्युनिस्ट पार्टी संग भएको तीन बुंदे सहमती कार्यन्वयन नगरे आफ्नो पार्टी र नेताहरु बिरुद्ध षड्यन्त्र जारी राखे प्रतिरोध गर्ने बताए । यो दलाल राज्य सत्ताले अमेरिकी साम्राज्यवादको निर्देशनमा आफ्नो पार्टीको नेताहरु बिरुद्ध पक्राउपुर्जी जारी गरेको कुरामा आपति जनाउदै उनले राज्यलाई पक्राउ पुर्जि खारेज गर्न ,बन्दि कमरेडहरुलाई रिहाई गर्न नेपाल कम्युनिस्ट पार्टी संग भएको तिन बुदे सहमति कार्यनयन गर्न राज्यलाई दबाब दिने कुरामा आफुहरु जतिसुकै बेला पनि तयारी अवास्थामा रहनको लागि नेताकार्यकर्तालाई निर्देशन गरेका थिए।
त्यस्तै बैठक नवौं महाधिवेशनको तयारीको निम्ति केन्द्रित गर्दै जिल्ला पार्टी पंक्तिलाई आफ्नो गाउँपालिका ,नगरपालिका , वार्डमा ड्टेर लाग्न निर्देशन गरेका छन।
बैठकमा २०७८ श्रावण देखि २०७९श्रावण सम्मको आर्थिक आय ब्याय प्रस्तुत पनि गरिएको थियो। बैठक पार्टी जिल्ला सेक्रेटरी लक्ष्मणको अध्यक्षतामा भएको थियो ।
-अनिता गजमेर