नेकपा भक्तपुरद्वारा भाद्र ७ को नेपाल बन्द प्रभावकारी बनाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्त पार्टी भक्तपुरले ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै आएको संघर्षको कार्यक्रम अन्तर्गत भाद्र ७ आयोजना गरीको नेपाल बन्दको कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
नेकपाका केन्द्रिय सदस्य तथा भक्तपुर ईन्चार्ज आस्थाको प्रमुख आतिथ्यता र जिल्ला सेक्रेटरी विजयको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएको बैठकले सो निर्णय गरेको हो । बैठकले महाधिवेशनको तयारी, पार्टी जिल्लाको सम्मेलन, चार पार्टीद्वारा अयोजित भाद्र ७ को नेपाल बन्दको प्रभावकारी तयारी, सामना परिवारको साङ्गितिक प्रस्तुति भाद्र १ र २ गते भक्तपुरका विभिन्न स्थानमा गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको बताइएको छ।