तीन बुंदे सहमती कार्यान्वयनको माग गर्दै देशव्यापी बिरोध सभा सम्पन्न

२०७९ भाद्र ४ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले पूर्वघोषित संघर्षका कार्यक्रमअन्तर्गत आज देशव्यापीरुपमा बिरोध प्रदर्शनसहित सभा सम्पन्न गरेका छन । नेकपासहित ४ कम्युनिस्ट पार्टीले देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध चरणबद्ब संघषर्का कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए यसै शिलसिलामा आज उनीहरुले देशव्यापीरुपमा बिरोध प्रदर्शन र सभा गरेका हुन ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले आज काठमाडौंमा महंगी भ्रष्टाचार,एमसिसि, एसपिपी जस्ता सम्झौता खारेज र नेकपासंग नेपाल सरकारले तिनुदे सहमति कार्यान्वयनको माग गर्दै संयुक्त विरोध सभा सम्पन्न गरेका छन्। उक्त बिरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले पुँजीवादी व्यवस्थाले जनताको आवाज र अधिकारलाई दमन गरेको ठोकुवा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै बुढामगरले भने- ‘जनताको दैनिक जनजीवनमा महंगी भ्रष्टाचार लुटतन्त्रले सताएको छ, त्यसैगरी जनताको हित विपरित रहेको राष्ट्रघाती सम्झौता एमसीसी,एसपिपि पास गरी जनताको मर्मलाई कुल्चिएको छ , डलरले बेरिएको बुलेट अमेरिकाले पठाउँदा नेपाली संसदवादी दालालहरूले बुलेट देखेनन् डलर मात्र देखे । ‘


उनले MCC विरुद्ध सारा नेपालीहरुले विराेध गर्दा गर्दै पनि दलाल गठबंधन सरकारले पास गरिसकेको र अब त्यसैको काँधमा टेकेर SPP नेपाल भित्रिन लागेको भन्दै बाहिर भ्रम छर्न SPP सम्झौता असहमति जनाउँदै पत्र पठाएको भनिएपनि भित्र- भित्रै अमेरिकि सेना र नेपाली सेनाको सामूहिक ट्रेनिङ भइरहेको बताए ।
नेता बुढामगरका अनुसार नेपाली जनताहरु र देश भक्त कम्युनिष्ट पार्टीहरूले सडकमा दिनानुदिन आफ्नो रास्ट्र,राष्ट्रियता , स्वाधीनता र स्वाभिमानको रक्षार्थ सङ्घर्ष गरी रहँदा पनि संसदवादी दलहरूले MCC पछि SPP सम्झौतालाई अगाडी बढाइ रहेको बताउदै भने – ‘ अहिलेको पुँजीवादी व्यवस्थाले देश र जनताको आवाजलाई , अधिकारलाई कुल्चिएको छ, दमन गरेको छ , देशमा महङ्गी, भ्रष्टाचार र अनन्य दिनानुदिन बढिरहेको अवस्थामा नेकपाले न्यायको लागि आवाज उठाउँदा अनेकन मुद्धा खेप्नु परेको र अझै पनि कैयौं योद्धाहरु जेलमै रहेका छन । शान्तिपूर्ण तरिकाले देशलाई रूपान्तरण र विकासतिर लैजान तयार भए आफूहरु पनि राजनितीक रूपले प्रतिस्पर्धा गर्न तयार भएको तर देशलाई साम्राज्य वादको गुलाम बनाएको खण्डमा संसदवादी दलालहरूलाई हरुलाइ साम्राज्यबादसङ्गै सति पठाउँने छौ ।’

यसैगरी , सोहि सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले चार पार्टीहरुले घोषणा गरेको आन्दोलनमा सहभागी हुन सबै जनतालाई आग्रह गरेका छन् । सभालाई सम्बोधन गर्दै उनले सडकमा जनताको उपस्थिति कमजोर देखेर चार कम्युनिस्ट पार्टीलाई नजरअन्दाज गरेको भन्दै एमसीसी र एसपीपीका विरुद्धमा सडकमा आउन आग्रह गरेका हुन् । ‘देश भागवण्डामा चलेकाले विदेशीहरुले हेपिरहेका छन । यसको अन्त्यका लागि हामी संघर्षमा आएका छौँ । राज्यले यसलाई कमजोर नठानोस् ।’ उनले भने, ‘७ गतेको नेपाल बन्दलाई सफल पारेर राज्यलाई थप दवाव दिउँ । जसले गर्दा यो सरकार एमसीसी र एसपीपी नेपालबाट फिर्ता गर्न बाध्य होस् ।’

यसैगरी, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील)ले नेपालका राजनीतिक दलहरुले सिद्धान्त विर्सिएकाले जालझेल र षड्यन्त्रको धन्दा चलाएको बताए । ‘नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा आनाकानी गर्नु र पक्राउ पुर्जी जारी गर्नु जालझेल षड्यन्त्र हो । षड्यन्त्र गरेर राज्यले शान्ति विथोल्दै जबरजस्त युद्धमा धकेल्न खोजेको छ ।’, विरोधसभालाई सम्बोधन गर्दै सुशीलले भने, ‘यदी त्यस्तो हो भने नेपाल श्रीलंका बन्न सक्छ । महङ्गीका कारण नेपालमा १० देखि १२ लाख सेना जन्मिनेछ । त्यसको नेतृत्व हामी गर्न गछौँ । किनकी हामीसँग युद्दको नेतृत्व गरेको अनुभव छ ।’

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य राजेश्वरी सुवेदीले पनि सभालाई सम्बोधन गरेकी थिइन् । सभाको संचालन नेकपा केन्द्रीय सदस्य रामलाल विश्वकर्माले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]