तीन बुंदे सहमती कार्यान्वयनको माग गर्दै पाँचथरमा बिरोध सभा

२०७९ भाद्र ५ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले तीन बुंदे सहमती कार्यान्वयनको माग गर्दै बिरोध सभा गरेको छ। सो पार्टीले सदरमुकाम फिदिमको गणतन्त्र चोकमा बिशेष समिती सदस्य बिजय नेम्बाङको संचालनमा केन्द्रिय नीति अनुसार चार पार्टीको सयुक्त बिरोध सभा सम्पन्न गरेको हो। उक्त बिरोध सभालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य बिपिन अधिकारी , नेपाल कम्युनिस्ट पार्टीका शिक्षक संगठनका केन्द्रिय सदस्य कमरेड नारायण प्रशाद कार्की, नेकपाका युवा नेता राजन बस्नेत, नेकपा पाँचथरका सचिब सन्तोष बिष्टले बर्तमान साकारलाई चेतावनी दिदै हाम्रा नेता तथा कार्यकर्ताहरुको नाममा पक्राउ पुर्जी जारी गरिएको भन्दै फिर्ता नलिए ससक्त आन्दोलनमा उत्रिने बताउदै राज्य सत्तामा आगोलाग्ने र दलाल संसदीय व्यवस्था र तिनका मतियार खरानी हुने चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]