राष्ट्रिय वामपन्थी मञ्चको भेला भाद्र १७ गते

काठमाण्डौ । राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला यही भाद्र १७ गते हुने भएको छ । मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको बताइएको छ । नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मञ्चको भेला गर्न थालेको मञ्चका संयोजक पाण्डेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सो भेलामा देशैभरिबाट प्रतिनिधिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।