राष्ट्रियसभाको विधायन समितिद्वारा नागरिकता विधेयक जस्ताको तस्तै पास

काठमाडौँ । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पास गरेको छ । समितिका सदस्यहरूको बहुमतले कुनै संशोधनबिना विधेयक पास गरेको हो । विधायन समितिमा १५ जना सदस्य रहेका छन् । उनीहरूमध्ये एमालेका तीन जनाले फरक मतका रूपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत दर्ज गरे । तर, बाँकी १० जना सदस्यहरू यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए । विधायन समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ ।