नेकपा कपिलवस्तुको सेक्रेटरीमा कमल केसी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाको छैटौं जिल्ला सम्मेलनले कमल केसीको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । कार्यक्रममा प्रमुख अतिथिमा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृति रहनु भएको थियो । अथितिहरुमा नेकपाका केन्द्रीय सदस्यहरु सन्जिव, पाल्पा र गुल्मी जिल्ला इन्चार्ज भृकुटी, नवलपरासी र नवलपुर जिल्ला इन्चार्ज शरद वली र अर्घाखाँची जिल्ला इन्चार्ज संगम, कपिलवस्तु जिल्ला इन्चार्ज जुझारु रहेका थिए भने अन्य अतिथिहरुमा थारु मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुनिल चौधरी, सहिद परिवार समाजका जिल्ला कोषाध्यक्ष भेग बहादुर थापा, विशेष कमिटी सदस्य र र जिल्ला सल्लाहकारहरुबाट अशोक विक र शंकर थारू रहेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि कृतिले राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको बारेमा बाेल्दै नेपालमा राष्ट्रियताको लागि एक पटक सबैले एउटै डालोमा भएर लड्न आवश्यकता रहेको बताउदै क्रान्तिको बाटोमा कसैले पनि भ्रम छर्न नहुने बताए ।
सेक्रेटेरी कमल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गणेश थारूले गरेका थिए भने स्वागत मन्तव्य ममता विकले राखेकी थिइन् ।