‘क्रान्ति भीडले होईन, बिचार र कार्यदिशाले गर्छ ‘

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल बिरहीले क्रान्ति संख्या र भीडले होईन, बिचार, कार्यदिशा र कार्यनीतिले गर्ने बताएका छन् । काठमाण्डौंमा सम्पर्क साधारण शाखाको तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै, सो कुरा बताएका हुन् । उनले चिनीयाँ कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा १९ जनाले मात्र भाग लिएको र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनयुद्ध शुरु गर्दाको प्रसंगलाई जोड्दै, क्रान्तिको शिरा संख्या नभएर बिचार, सिद्धान्त र कार्यदिशा मुख्य भएको बताउदै भने- ‘क्रान्ति संख्या वा भीडले गर्ने होईन, मुलतः बिचार, कार्यदिशा र कार्यनीतिले गर्ने हो । संख्या ठूलो कुरा होईन, बिचार र कार्यदिशा सहि छ भने, क्रान्तिमा लामबद्ध हुनेको कमी हुँदैन । चिनियाँ कमयुनिस्ट पार्टीको पहिलो महाधिवेशनमा पनि १९ जना केन्द्रीय सदस्यहरूले मात्र भाग लिएको थिए ।’
नेता बिरहीले, अन्र्तराष्ट्रिय अबस्था र परिस्थितिले नेपालको कम्युनिस्ट आनदोलन र क्रान्तिलाई कुनै पनि प्रभाव नपार्ने बताए । नेपाली क्रान्ति नेपाली जनताले नेपालकै आवश्यकताको आधारमा गर्ने र सफल पार्ने दाबि गरे । यद्यपी, बिश्व बहुध्रुबमा ध्रुबिकृत भएको अहिलेको अवस्थामा क्रान्तिको लागि अनुकुल भएको बताए । नेपालमा सत्तामा रहेका दल र नेताहरू साम्राज्यवादीहरूको दलाली मार्फत देशमा हस्तक्षेपकारी भूमिका बढाएको र क्रान्तिलाई असफल बनाउन लागि परेको आरोप लगाए । तर, नेपाल कम्युनिस्ट पार्टीले त्यो हस्तक्षेपलाई जस्तोसुकै कठिन अबस्थाको सामना गरेर निश्तेज पार्ने दाबि गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुनले ३ बुँदे सहमतिको पहिलो बुँदामा सरकारले राजनीतिक संकट स्विकार गरेको र संसदीय ब्यबस्थाको बिकल्प संसदीय निर्बाचन र संसदीय ब्यबस्था नभएको बताए । उनले भने, ‘सरकारले हामीसँग गरेको ३ बुँदे सहमतिको बुँदामा नै राजनीतिक संकट रहेको स्विकारेको छ । दलाल संस्दीय ब्यबस्थाको बिकल्प संसदीय निर्बाचन र संसदीय ब्यबस्था होईन । त्यसको बिकल्प बैज्ञानिक समाजवादी ब्यबस्थानै हो ।’
नेता पुनले, सम्पूर्ण श्रमजिवीहरूको नेतृत्व गरेको र बैज्ञानिक समाजवादी राज्यब्यबस्था स्थापनाको लागि अघि बढेको क्रान्तिकारी पार्टीलाई दमन गर्ने संसदीय ब्यबस्थाका पार्टी र नेताहरूको सरण संसारको कुनै पनि ठाउँमा नभएको स्पष्ट पारे । बिश्वको कुनै पनि दमनले क्रान्ति र आन्दोलनलाई रोकेको इतिहास नभएको बताए ।
सम्मेलनमा, नेकपा केन्द्रीय सदस्य रामलाल बिश्वकर्मा, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही, अखिल नेपाल खेलकुद महासंघ अध्यक्ष बिनोद चन्दलगायतले शुभकामना मन्तब्य राखेका थिए ।