नेकपा ताप्लेजुङको सचिबमा असल लिम्बू

२०७९ भाद्र २२ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङको दाश्रो जिल्ला सम्मेलनबाट असल लिम्बू सचिबमा निर्वाचित भएका छन् । २० र २१ भाद्रमा सम्पन्न सम्मेलनले लिम्बूको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
जिल्लाको सबै स्थानीय तहबाट प्रतिनीधि र पर्ययवेक्षकको सहभागिता रहेको जिल्ला सम्मेलनले नेकपाको नौवों महाधिवेशनमा प्रस्तुत राजनैतिक प्रतिवेदन, नीति र कार्यक्रममाथि ब्यापक छलफल गरेको छ । उक्त राजनैतिक प्रतिवेदन, नीति र कार्यक्रमउपर केहि सल्लाह सुझाबसहित पास गरेको सचिब लिम्बूले माईलस्टोन खबरलाई जानकारी दिए ।
जिल्ला सम्मेलनले ७ सदस्यीय सल्लाहकार समिति र १ असोजदेखि काठमाण्डौं असन्न महाधिवेशनको लागि ५ जना प्रतिनीधि पनि चुनेको नवनिर्बाचित सचिब लिम्बूले जानकारी दिए ।जिल्ला सम्मेलनको खुल्लासत्रका प्रमुख अतिथि पाँचथर, ताप्लेजुङ इन्चार्ज, संगीत लिम्बले सम्मेलनलाई सम्बोधन गर्दै, दलाल संसदीय ब्यबस्थाका कारण अहिले देश, साँस्कृतिक, आर्थिक र राजनैतिक रुपमा परनिर्भर हुँदै आएको हुनाले देशको निकास बैज्ञानिक समाजवादी राज्यब्यबस्था बाहेक अरु नभएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]