निजामती सेवा दिवस मनाइँदै

२०७९ भाद्र २२ गते, बुधबार

काठमाडौं । आज १९ औं निजामती सेवा दिवस , ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिन्छ । सरकारले निजामती सेवा दिवसको अवसरमा रक्तदान, वृक्षरोपण, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजनासमेत गरेको छ । दिवसको अवसरमा आज बेलुका सबै सरकारी कार्यालयमा दीपावली गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्रसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]