नेकपा कञ्चनपुरको सचिवमा राजेन्द्र विष्ट

२०७९ भाद्र २३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको सचिवमा राजेन्द्र विष्ट (परिवर्तन) निर्वाचित भएका छन । बुधबार भएको नेकपा कञ्चनपुरको पाँचौं जिल्ला सम्मेलनले सचिव बिष्टको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।
उक्त सम्मेलन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी नेकपा केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघका क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले पार्टी जीवनको बिषयमा, पार्टीको कार्यदिशा, वर्तमान राष्ट्रिय अन्तर्राष्टिय परिस्थिति,नीति विधिलगायतका विषयमा मन्तव्य राखेकी थिइन् । उनले पार्टीले जनताको मुक्तिका लागि अन्तिमसम्म संघर्स गर्ने र जनवादी व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्ने अन्तिम लक्ष्यमा पुग्ने बताइन् । सरकारले तीनबुँदे सहमतिलाई लत्याउँदै हाम्रा नेताहरु माथि पक्राउ पुर्जी जारी गरेको छ जो हामीलाई स्वीकार्य छैन र सरकारले गम्भीर भएर विद्रोही पक्षको माग सम्बोधन गर्नुपर्ने नेतृ चन्दको भनाई थियो । दलाल संसदीय व्यवस्थाको अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद प्राप्तिका लागि सबैले एकीकृत जनक्रान्तिको कार्यदिशा आवद्ध हुनु सबैलाई उनले आग्रह पनि गरिन् ।
उक्त सम्मेलनमा नव निर्वाचित २७ सदस्यीय जिल्ला समितिको प्यानल प्रस्तुत भने नेकपा केन्द्रिय सदस्य डबल शाहले गरेका थिए ।
नेकपा पूर्व जिल्ला सचिव प्रकाश मल्लको अध्यक्षतामा भएको सम्मेलन समारोहमा अथिति मा पार्टी केन्द्रिय सदस्य डबल शाह,क्रमश डडेलधुरा कैलाली जिल्ला सचिव विजय राना र विनोद विष्ट,विशेष समिति सदस्य पुरन राना, वीरेन्द्र विक, राम सिंह, जनसेवकबाट किरण,कमल विक,क्रान्ति,पूर्व जिल्ला सचिव विजु विक, श्रमिक समुदाय सु प संयोजक मधुसुदन लगायत अन्य पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन भने निर्वाचित सचिव राजेन्द्र विष्टले नै गरेका थिए । अन्तिममा निर्वाचित टीम लाई प्रमुख अतिथिले सपथ ग्रहण गराएकी थिइन्

प्रतिक्रियाहरु

[anycomment]