नेपाल कम्युनिस्ट पार्टी खोटाङको सेक्रेटरीमा सञ्जीव लुङ्घेली

२०७९ भाद्र २६ गते, आईतवार


काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी खोटाङको तश्रो जिल्ला सम्मेलनले सञ्जीव लुङ्घेली मगरको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज शैलेसको प्रमुख आथित्यतामासो सम्मेलन सम्पन्न भएको हो ।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेता शैलेसले नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले मात्र नेपाली सर्वहारा वर्गको हितको लागी उभिने पार्टी भएकोले सम्पुर्ण देशभक्त प्रगतिशिल नागरिकहरु नेकपामा आवद्ध हुन आग्रह गरे । उनले नेपालका संसदवादी दलहरुले राष्ट्रघाटी एम.सी.सी., एस.पी.पी. सम्झौता तथा कार्यक्रम कार्यन्वयन गर्नलागेकोले यसको विरुद्धमा नेकपाले जनतासाथमा लिएर यो कुनै पनि हालतमा फिर्ता वन्द गर्ने बताए । नेकपाले ३वुँदे सहमतीलाई ईमान्दारीताकोसाथ पालना गरे पनि सरकार गैरजिम्वेवार रहेर सहमती कार्यन्वयन गर्नुको उल्टो ललितपुर जिल्ला अदालतवाट पार्टीको मुख्य नेतृत्व लगाएतका नेता कार्यकर्ताहरुमाथी पक्राउ पुर्जी जारी गर्नु भनेको देश र जनताको चाहना विपरित जवरजस्त द्वन्द निम्त्याउन खोजेको आरोप लगाए । सरकारले पेलेर नेकपालाई आत्मसमर्पण गराउन खोजेकोले यसको आवश्यक परेमा जनतासंग एक भएर जवाफ दिने चुनौती दिए ।

प्रतिक्रियाहरु

[anycomment]