‘ वैज्ञानिक समाजवाद स्थापनाको निम्ति गोलबन्द होऔ’

२०७९ भाद्र २६ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प)ले संसदवादी पार्टी र नेताहरूको भ्रममा नपर्न र एकीकृत जनक्रान्तिमा लामबद्ध भएर वैज्ञानिक समाजवाद स्थापनाको निम्ति गोलबन्द हुन अपिल गरेका छन । नेपाल कम्युनिस्ट पार्टी, दोलखाको छैटौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता विकल्पले सो अपिल गरेका हुन्।
सम्मेलन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि विकल्पले यो सम्मेलन दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था ढाल्नको निमित्त निर्णायक संघर्षको उद्घाटन भएको बताए । आफ्नो महत्वपुर्ण भनाईका क्रममा उनले मालेमावादी बिचारको रक्षा, विकास र प्रयोग गर्दैआएको र पार्टीको स्थापनाकालदेखि नै एकिकृत जनक्रान्तिलाई दृढतापूर्वक नेपाली धर्तीमा संचालन गरिरहेकोले अहिलेको जनविरोधी सत्ता विघटनको डिलमा पुगेको बताए । उनले भने अब जनताको शक्तिशाली आन्दोलनको आँधीबेरी यो सत्तालाई अन्त्य गर्नुपर्छ र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ ।” देश र जनताको चम्किलो भाग्य र भविष्यको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गरिने बताए । उनले नेपाल कम्युनिस्ट पार्टी र महासचिव विप्लवको नेतृत्वमा एकिकृत जनक्रान्तिबाट नै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने बताउदै वैज्ञानिक समाजवादी व्यवस्थामा जनताले प्राप्त गर्ने अधिकारहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए । आफ्नो मन्तव्यका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका बीचमा भएको तीनबुँदे सहमति पूर्ण रुपमा कार्यान्ययन गर्नुपर्ने, कथित पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने, झुट्ठा मुद्दाहरु तुरुन्त खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता तुरुन्त खारेज गर्नुपर्ने, चर्को महंगी र मूल्य वुद्धि तुरुन्त खारेज गनुपर्ने, दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थाको चरम् भ्रष्टचार, अनियमितता, बेरुजुको तुरुन्त छानबिन गरी भ्रष्टचारीहरुलाई कडा कार्वाही गर्नुपर्ने, राष्ट्रघाती, जनघाती, भ्रष्टचारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताए ।

यदि यो राज्यको सम्बन्धित निकायहरुबाट कार्वाही नभएमा आफ्नो पार्टीले नेतृत्व गर्ने संघर्षको तागतले सबैखाले अन्याय, अत्याचार, भ्रष्टचार, अनियमिततालाई खरानी बनाइदिने समेत उनले बताए । आफ्नो महत्वपूर्ण भनाईका क्रममा उनले अहिलेको विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, दोलखाको पार्टीले गर्नुपर्ने कामहरुका बारेमा स्पष्ट व्याख्या गरेका थिए भने दलाल पुँजीवादी व्यवस्था, दलाल संसदीय व्यवस्था, यसका दलाल संचालकहरु, यथास्थितिवाद, संसदवाद, दक्षिणपन्थी संसोधनवाद, जडसुत्रीय संशोधनवाद, फुटवादका विरुद्धमा निर्ममतापूर्वक संघर्ष गर्नका निमित्त आम न्यायप्रेमी देशभक्त दोलखाली जनसमुदायहरुलाई अपिल समेत गरेका थिए । उनले भने, “म दोलखाबासी जनतालाई संसदवादी पार्टी र नेताहरूको भ्रममा नपर्न र एकीकृत जनक्रान्तिमा लामबद्ध भएर वैज्ञानिक समाजवाद स्थापनाको निम्ति गोलबन्द हुन सबैलाई अपिल गर्दछु ।” सबै पार्टी भित्रका देशभक्त प्रगतिशील क्रान्तिकारी साथीहरुलाई आफ्नो पार्टी सदैव स्वागत गर्न तयार रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]