नेकपा सुनसरीको सेक्रेटरीमा बिवश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुनसरीको जिल्ला सम्मेलनले बिवशको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। उक्त कार्यक्रममा अतिथिहरु नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी ,धनकुटा जिल्ला ईन्चार्ज दिपेश राई मोरङ्ग ,झापा जिल्ला ईन्चार्ज सुमन लिम्बु,श्रमिक समूदाय नेपाका महासचिव त्रिलोचन, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष कमला लिम्बू, लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय संयोजक गजेन्द्र पालुङ्वा , बिशेष कमिटी सदस्य देब कुमार गुरुङ,हर्क लिम्बू रहेका थिए।
उक्त कार्यक्रमको अतिथि दिपेश राईले पार्टीको कार्यदिशा, वर्तमान राष्ट्रिय राजनीति ,अन्तर्राष्टिय परिस्थिति,नीति विधि लगायत महत्वपूर्ण विषयमा प्रतिनिधि तथा परिबेक्षकलाई प्रशिक्षण मन्तव्य राखेका थिए ।
उनले सरकारले नेपाल कम्युनिस्ट पार्टी संग गरेको तीन बुदे सहमति पुरा गर्नुको साटो उल्टै पार्टीको महासचिव बिप्लव लगायतका नेताकार्यकर्तालाई यो दलाल सरकार ले पक्राउ पुर्जी जारी गरेकोमा आपति जनाएको छ्न।
उनले नेपाल कम्युनिस्ट पार्टीसंग गरेको तिन बुदे सहमतिलाई सरकारले बेवास्था गरेर हाम्रो सहमति लाई दबाउने कुचेस्ट नगर्न सरकारलाई चेतावनी दिदै उनले ईटको जवाफ पथरले दिन राज्यलाई हाम्रो पार्टी जतिसुकै बेला पनि तयार रहेको चेतावनी दिए।
उनले नेताकार्यकर्तालाई प्रशिक्षण गर्दै देशमा भएको अन्य अत्याचार ,भ्रष्टाचार ,महंगि,बलात्कार,एम .सि .सि .एस . पि .पि लगाएतको राष्ट्रघात विरुद्धको आन्दोलनमा एकता बद भएर अगाडि बढ्न र पार्टीको ९औं महाधिवेशन सफल पार्न सबै नेताकार्यकर्तालाई आ आफ्नो ठाउँ बाट सहयोग गर्न निर्देशन दिदै नब निर्बाचित टिमलाई कार्य सफलताको शुभकामना दिएका थिए।
अन्य अतिथि कमरेडहरुले कार्यक्रम सफल पार्न र नब निर्बाचित कमरेडहरुलाई कार्य सफलताको शुभकामना मन्तव्य सुमन लिम्बू, त्रिलोचन , देव गुरुङ ,कमला लिम्बुले दिएका थिए।
बन्दशत्रमा अतिथी पार्टीका केन्द्रिय सदस्य तथा मोरङ्ग ,झापा जिल्ला ईन्चार्ज सुमन लिम्बुले प्रशिक्षण मन्तव्य राखेका थिए। उनले सुनसरी जिल्लालाई एउटा उचाईमा उठाउनको लागि नब निर्बाचित टिमलाई सफलताको शुभकामना दिदै सरकारले नेपाल कम्युनिस्ट पार्टी संग गरेको तिनबुंदे सहमति कार्यनयन नगरे नेताकार्यकर्ताहरुलाई जारि गरिएको पक्राउ पुर्जि खारेज नगरे बन्दि कमरेडहरुलाई रिहाई नगरे देशमा ठुलो संकट निम्तिने राज्यलाई चेतावनी दिएको थिए।
बन्दशत्रको अध्यक्ष मण्डलको अध्यक्षता गजेन्द्र पालुङ्वाले गरेका थिए भने संचालन प्रतिक राईले गरेका थिए ।
जेस्ठ सदस्य सोम पौडेयालको अधक्षतामा पहिलो बैठक बसि सचिबमा सर्वसहमत टुङ्गो लगाई बैठकमा बिवश लाई सुनसरी जिल्ला पार्टीको सचिबमा निर्वाचित गरिएको थियो ।
निरर्बाचित टिमलाई अतिथिहरुबाट अबिर लगाएर बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्ष गजेन्द्रले कार्यक्रम समापन गरेका थिए ।
-अनिता गजमेर