चिनियाँ जनकंग्रेसका अध्यक्ष लि नेपाल आउँदै

२०७९ भाद्र २७ गते, सोमबार


काठमाडौं । चीनको संसद राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सु ४ दिने भ्रमणका लागि आज नेपाल आउदै छन । चिनियाँ कम्युनिस्ट पार्टीमा तेस्रो र राज्य सत्ताको भूमिकामा दोस्रो बरियताका लि सभामुख अग्नि सापकोटाको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् । नेपाल बसाईका क्रमाम उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम रहेको जनाइएकाे छ । पछिल्लाे समय नेपालमा अमेरिकासहित पश्चिमा देशहरुको प्रभाव बढिरहेकाे छ । साथै चीनबाट पनि एकपछि अर्को गर्दै उच्च स्तरका भ्रमणहरु भईरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]