नेपाल कम्युनिस्ट पार्टी पर्साकाे सेक्रेटरीमा फिराेज आलम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पर्साकाे दाेश्राे जिल्ला सम्मेलनले फिराेज आलम सेक्रेटरी रहेकाे १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उक्त सम्मेलनमा हजारौं जनताको उपस्थितिमा जुलुस प्रदर्शनसहित भएको सम्मेलनमा सहिद परिवार, जेलमाेर्चा पार गरेर आएका याेद्धाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सामना परिवारकाे विशेष प्रस्तुति समेत भएको थियो ।
जिल्ला सेक्रेटरी बिनाेद काफ्लेको अध्यक्षता भएको उद्घाटन कार्यक्रमकाे प्रमुख अतिथि चितवन, मकवानपुर, बारा, पर्सा इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य सन्देश पाैडेल रहेका थिए ।
अन्य अतिथिहरुमा पार्टीका केन्द्रीय सदस्य तथा राैतहट सर्लाही इन्चार्ज समर, मकवानपुर पूर्व सेक्रेटरी वाटर, राष्ट्रिय वामपन्थी मंचका केन्द्रीय सदस्य पवन, बारा जिल्ला पूर्व सेक्रेटरी बिक्रम रहेका थिए ।