नेकपा ललितपुरको सेक्रेटरीमा ललित

२०७९ भाद्र २९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरको नवौं जिल्ला सम्मेलनले सेक्रेटरीमा ललितसहित ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । ललित स्याङ्तानको अध्यक्षतमा सम्मपन्न सम्मेलनमा पार्टी प्रबक्ता प्रकाण्डको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं ईन्चार्ज माईलामा केन्द्रीय सदस्य तथा भक्तपुर ईन्चार्ज आस्था केन्द्रीय सदस्यीय तथा ललितपुर ईन्चार्ज हितमान , जवस मोर्चाहरुका केन्द्रीय पधादिकारीहरुसमेत सहभागीता रहेको थियो ।


उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टी प्रबक्ताले एउटा गिरोह नेकपा सँगभएको तिनबुदेँ सहमति भाड्न लागि परेको बताए । उनले जनताभन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएका कारण यस्तो गिरोह आफै नगिदैं जाने ठोकुवा गरे ।


प्रबक्ता प्रकाण्डले, मंगलबार नेकपा ललितपुरको नवौं जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आफ्नो पार्टीले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले केहि पनि गर्न नसक्ने ठोकुवा गर्दै भने- ‘जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न सक्दैन ।’हामी एकीकृत जनक्रान्तिबाट नेपालमा बैज्ञानिक समाजवादी क्रान्ति पुरा हुन्छ ।’


सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं ईन्चार्ज माईलामा केन्द्रीय सदस्य तथा भक्तपुर ईन्चार्ज आस्था केन्द्रीय सदस्यीय तथा ललितपुर ईन्चार्ज हितमान लगायतका अन्य अतिथिहरुले सम्मेलन सफलताको शुभकामना मन्तब्य राखेका थिए।

प्रतिक्रियाहरु

[anycomment]