ट्रेड युनियन साधारण शाखाको दोश्रो सम्मेलन सम्पन्न

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीनिकट ट्रेड युनियन साधारण शाखाको दोश्रो सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनले श्यामको नेतृत्वमा ३१ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।
उद्घाटन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिलको प्रमुख आथित्यतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अथिति अनिलले मजदुरहरु आफ्ना अधिकार प्रप्तिका लागी एकतावद्ध हुनुपर्नेमा जोड दिए । उनले जवसम्म मजदुर एकटा हुन सकिदैन तवसम्म हेपिनु पर्ने र दमनमा वस्नुपर्ने भएकोले एकिकृत जनक्रान्तिमा गोलवन्द हुुन पर्ने वताउदै दलाल पुँजीवादको अन्त नगरी मजदुरहरुले मुक्त हुुन नसक्ने दावी गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जवसका फ्रयाक्शन ईन्चार्ज मिलनले वर्गिय आन्दोलनमा मजदुरहरुको महत्वपुर्ण योगदान र भुमिका रहने भएकोले श्रमजीवीहरु सशक्त, संगठित भएर लाग्न निर्देशन दिदै नेपालमा शुरुवात गरिएको एकिकृत जनक्रान्तिले विश्व सर्वहारा श्रमजीवी वर्गको आशाको वाटो वन्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा रत्न मगर , देब, ललित, विदुषी , राजकुमारी लगायतको आतिथ्यता रहेको थियो । श्यामको अध्यक्षता, डिल्लीको स्वागत मनतव्य र अनुपको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
