मेयर बालेन शाहको पुत्ला दहन !

२०७९ आश्विन १६ गते, आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले बांगेमुढास्थित सामुदायिक भवनमा डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् । मेयर बालेन शाहले असन र बाङ्गेमुढामा आक्रमण गरेको भन्दै शनिबार साँझ स्थानीयले उनको पुत्ला दहनसमेत गरेका छन् । काठमाडौं—२५ मा रहेको उक्त भवन भत्काएपछि आन्दोलित बनेका स्थानीयले मेयर शाहको पुत्ला दहन गरेका हुन् । त्यस्तै विरोधमा स्थानीयले राँके जुलुस समेत निकालेका छन् । उनीहरुले मेयर बालेन साहविरुद्ध नाराबाजी गर्दै डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका छन् । स्थानीय बासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]