नेकपा नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्दै

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनका निर्णयहरु सार्वजनिक गर्ने भएको छ । नेकपाले पत्रकार सम्मेलनमार्फत मंगलबार (भोली) मध्यान्ह १२.४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा निर्णयहरु सार्वजनिक गर्ने भएको हो । असोज २५ गतेदेखि कार्तिक २ गतेसम्म चलेको महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको थियो । उक्त महाधिवेशनले गरेका निर्णयहरु सार्वजनिक भएका छैनन् । नेकपाले पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारलाई उपस्थित भई समाचार संगलन गरिदिनुहुन आग्रहसमेत गरेको छ ।