नेकपा काठमाडौद्वारा चुनाव खारेज गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौको चौथो पुर्ण बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको छ । केन्द्रिय सदस्य तथा काठमाडौ सेक्रेटरी क तुलसी नारायण सि को अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी को पि.वि.एम. तथा काठमाडौ, धादिङ, डि १ इन्चार्ज प्रज्वल सिको प्रमुख आतिथ्यतामा बैठक बसि महत्वपुर्ण निर्णय सहित मंसिर ४ को संघ र प्रदेशको चुनाव खारेज गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी केन्द्रय सदस्यद्वय राजकुमारी सि , ज्ञानु सि , केन्द्रिय प्रतिनिधि सदस्यद्धय प्रताप सि , गोपाल सिलगायत विभिन्न नगर र महानगर इन्चार्ज सहित जिल्ला सदस्य हरुको उपस्तिथि रहेको थियो । वैठकलाई प्रशिक्षणमुलक मनतव्य राख्दै पि.वि.एम. प्रज्वलले नेकपाको केन्द्रीय समितिको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।
दलाल संसदीय पुँजीवादी व्यवस्था, भुमण्डलीकृत पुँजीवाद आजको मुलुकको मुख्य वाधक भएकोले यसको अन्त गरी एकीकृत जनक्रन्तीमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागी सवै लाग्नु पर्ने वताएका थिए ।