नेकपा ईलामले निर्वाचन खारेज अभियान संचालन गर्ने

काठमाडौँ । नेपला कम्युनिस्ट पार्टी, ईलामले मंसिर ४ को निर्वाचनलाई खारेज गर्न खारेज अभियान संचालन गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न जिल्ला बैठकले उक्त निर्णय गरेको हो । संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा हुने भएसंगै संसदवादीहरु चुनाबी अभियानमा लागेपनी जनताले कतै बाट साथ नदिएको पार्टिको निष्कर्ष रहेको छ ।
जनताले चुनाबलाई साथ दिन नचाहेको , दलहरु प्रती जनताको घृणा रहेको, संसदवादी नेताहरुलाई जनताले तिरस्कार गरिरहेको स्थिती भएको यो अवस्थामा आंफुहरुले निर्वाचन खारेज अभियान सचालन गरेर गर्ने जनतालो चाहनाको नेतृत्व गर्नु पर्ने जिल्ला ईन्चार्ज सुमनसिंहले बैठकमा बताए । उनले जनता के चाहान्छन त्यो कुरा ख्याल गर्ने हो भने यतिबेला ससक्त रुपमा चुनाब खारेज गर्नु पर्ने र त्यसमा जनताको समेत व्यापक साथ र सहभागिता रहने बताए ।
बैठकले अबिनास सि लाई जिल्ला सेक्रेटरीमा चयन समेत गरेको छ । बैठकमा नवौं महाधिवेशनले शंस्लेसण गरेका बिसयमा प्रस्ट पार्ने काम समेत सुमनसिं सि ले गरेका थिए । बैठक अधक्षता तथा संचालन नवनिर्वाचित केन्द्रिय सदस्य मौसम सिले गरेका थिए ।