नेकपा भक्तपुरले चुनाव खारेजी अभियान चलाउने

२०७९ कार्तिक १९ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, भक्तपुरका सेक्रेटरी देब सीको अध्यक्षतामा बसेको बैठकले मंसीर ४ गते हुने संसदीय चुनाव खारेज गर्ने निर्णय गरेको छ । बैठकले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै वैज्ञानिक समाजवाद स्थापनाको अपरिहार्यताबारे जनताको घरदैलोमा गएर सशक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कार्तिक १ गते कपिलवस्तुमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले पारित गरेको आगामी कार्यक्रमका बारेमा बैठकका प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य तथा भक्तपुर इन्चार्ज आस्था सीले सविस्तार प्रशिक्षण दिएकि थिइन् ।
नवौं महाधिवेशनले संश्लेषण गरेको, अनिश्चय, रक्षा र रुपान्तरण – एकीकृत स्वामित्व प्रणाली -भुमण्डलीकृत पुँजीवाद – एकीकृत निर्वाचन प्रणाली/जनमत कार्यदिशा: एकीकृत जनक्रान्ति रणनीति: वैज्ञानिक समाजवाद नयाँ कार्यनीति:
१) स्थानीय समाजवादी सत्ताको निर्माण
२) राष्ट्रिय स्वाधिनताको रक्षा
नयाँ योजना: – नयाँ कम्युनिस्ट जातिको निर्माण (सि)
– अनिवार्य नियमित श्रम (२ महिनामा १ दिन हरेक सदस्य श्रममा अनिवार्य) लगायतका वारेमा उहाँले सविस्तार प्रशिक्षण दिएका थिए ।
बैठकमा पार्टीको केन्द्रीय सदस्य मीना सी , राजकुमारी सी, जिल्ला पार्टीका पूर्व सेक्रेटरी तथा वैकल्पिक केन्द्रीय सदस्य विजय सी र अखिल नेपाल जनसास्कृतिक महासंघका महासचिव कुशल सिको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]