नेकपा कपिलवस्तुद्वारा संसदिय चुनाव खारेज गर्ने निर्णय

२०७९ कार्तिक २० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले आगामी मङ्सिर ४ गते हुने संसदिय निर्वाचन देश र जनताको हितमा भन्दा पनि केहि पार्टी र व्यक्तिको स्वार्थ पुरा गर्ने माद्यम मात्रै भएकोले यसलाई खारेज गर्ने निर्णय गरेको छ। शनिवार सम्पन्न कपिलवस्तुको छैटौं जिल्ला कमिटीको प्रथम बैठकले यस्तो निर्णय गरेको हो।
नेकपा कपिलवस्तुका सेक्रेटरी कमल सी को अध्यक्ष तथा सञ्चालनमा सम्पन्न बैठकमा पोलिट व्युरो सदस्य धुर्व सी प्रमुख अतिथि रहेका थिए भने केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज जुझारु सि र थारुवान मुक्तिमोर्चाका अध्यक्ष सुनिल सी अतिथि अतिथिको रुपमा आशनग्रहण गर्दै प्रशिक्षण मन्तव्य राखेको बताइएको छ।बैठकमा पार्टी केन्द्रको सर्कुलर वाचन सहित आगामी कामहरुबारे छलफल गर्दै निर्वाचन खारेज गर्न प्रचारप्रसार गर्ने तथा जनतालाई सुसज्जित गर्ने निर्णय लिएयको जानकारी दिइएको छ।-मनबहादुर सहकारी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु