नेकपा ईलामका कार्यकर्ता पक्राउ, तुरुन्त रिहा नगरिए प्रतिरोध गर्ने चेतावनी

२०७९ कार्तिक २२ गते, मंगलवार


काठमाडौं । ईलामामा चुनाब खारेज अभियान अन्तर्गत प्रचार प्रसारको काममा हिंडेका नेकपाका चार नेताकार्यकर्तालाई ईलाम प्रहरिले गिरफ्तार गरेको छ । शान्तिपुर्ण रुपमा भित्तेलेखन गरिरहेका ईलाम जिल्ला कमिटी सदस्य हुकुम मल्ल, मुक्ती राई, एलन राई, सोम राई लाई प्रहरिले दिउँसो गिरफ्तार गरेको हो । शान्तिपुर्ण रुपमा आफ्नो कुरा राख्न पाउने शंबैधानिक अधिकार लाई कुण्ठित गर्ने गरि गुण्डागर्दी शैलिमा गिरफ्तार गरिएको घटना प्रती नेकपा ईलामले आपत्ती प्रकट गरेको छ । यो ब्यवस्थामा खराबी रहेको र यसको बिकल्पको निम्ति बैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने माग सहित शान्तिपूर्ण रुपमा जनतामा गैरहेको पार्टिलाई बन्देज लगाउन खोज्नु राज्यको कायरता भएको नेकपाका केन्द्रिय सदस्य मौसमले बताए । उनले आफ्ना नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेका छन । जबर्जस्त रुपमा शान्तिपुर्ण आवाजहरुलाई दबाउन खोजिए, प्रतिरोधमा उत्रने र त्यसको जिम्मेवारी ईलाम प्रशासन र राज्यले लिनु पर्ने चेतावनी दिएका छन ।

प्रतिक्रियाहरु

[anycomment]