नेकपा ओखलढुंगाद्वारा चुनाव खारेजी अभियानमा सहभागी हुन अपिल

२०७९ कार्तिक २३ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ओखलढुंगाले आगामी संसदिय चुनावको कुनै औचित्य नभ्याएकाले आफ्नो पार्टीले लिएको खारेजी अभियानमा सहभागी हुन जिल्लावासीलाई अपिल गर्ने निर्णय गरेको छ।मङ्गलबार जिल्ला सेक्रेटरी दिनेश सी र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विबेक सी को प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो पुर्ण वैठकले यस्तो निर्णय गरेको कुरा ओखलढुंगा स्थित नेकपा जिल्ला सदस्य अनिता सी ले जानकारी दिएकी छन।
नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको बैठकले चुनावको भण्डाफोर गर्न प्रचारात्मक काम गर्ने, पार्टीलाई आत्मनिर्भर र श्रमशिल बनाउन उत्पादन सम्बन्धि काम तत्काल थालनी गर्ने निर्णय समेत गरेको छ।जिल्ला सेक्रेटरी दिनेश सी को अध्यक्षता र केन्द्रिय सदस्य विबेक सी को प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा हालै सम्पन्न नवौं महाधिवेशनद्वारा पारित निर्णयहरु र सैद्धान्तिक निचोडहरुलाई प्रशिक्षण र भाव सम्प्रेषण गर्ने काम केन्द्रिय सदस्य विबेक सि ले गरेको कुरा बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु