नेकपा लमजुङ्गद्वारा चुनावविरुद्ध प्रचारात्मक अभियान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी लमजुङ्गले मङ्सिर ४ गते हुन लागेको संसदिय चुनाव जनताको मत लिएर जनतालाई नै दुख दिन र रास्ट्रघात गर्ने सत्ताको आयु लम्ब्याउनका लागि हुन लागेको भन्दै यसविरुद्ध प्रचारात्मक अभियान सशक्त बनाउने निर्णय गरेको छ। बुधबार जिल्लाको वेसीशहर नगरपालिकास्थित आफ्नै पार्टी कार्यालयमा सम्पन्न दोस्रो पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले हालै सम्पन्न नवौं महाधिवेशनका निर्णयहरुलाइ व्यापक रुपमा जनस्तरमा पुर्याउने, ३० गते पोखरामा हुन गइरहेको तिन क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभालाइ सफल पार्न जनपरिचालन गर्ने र चुनाव विरुद्ध जनतालाई सुसज्जित गर्न अन्तर्कृया, वालिङ , पोस्टरिङ्ग, लगाएतका प्रचारप्रसारका कामहरू गर्ने तथा घर दौलोमा पार्टी परिचालित हुने निर्णय समेत गरेको जानकारी गरिएको छ।
नेकपा लम्जुङको दोस्रो पुर्ण वैठक सेक्रेटरी आक्रोश सी को अध्यक्षता र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज उभारको प्रमुख आतिथ्यता सम्पन्न भएको र बैठकमा पार्टी केन्द्रको परिपत्र वाचन गरि प्रशिक्षण गर्ने काम केन्द्रिय सदस्य उभारले गरेको जानकारी सेक्रेटरी आक्रोशले बताए ।