‘भुकम्प पिडितलाई राहात र घाइतेहरुको उपचार गर’

२०७९ कार्तिक २४ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी डोटीले मङ्गलबार रातीको भुकम्पको पराकम्पनका कारण जिल्लाको पुर्विचौकी गाउपालिका वार्ड न ३ गैरागाउका ज्यान गुमाउने ६ जनाका परिवारलाई राहात र ८ जना घाइतेहरुको उपचार अविलम्ब गर्न माग गरेको छ।पार्टी सेक्रेटरी बिमल धामीद्वारा आज जारी एक विज्ञप्ती मार्फत यस्तो माग गरिएको हो।
सेक्रेटरी धामीद्वारा जारी विज्ञप्तीमा घटनामा परि ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ भने सम्भावित थप जोखिमबाट वच्न सचेत रहन समेत अनुरोध गरिएको छ।
भुकम्पको कारण ज्यान गुमाउने प्रेम बोहरा , भगवती बोहरा, सिता बोहरा, हर्क बोहरा, धनसरी बोहरा र तुलक्छी बोहराका आफन्तहरु र घाइतेहरुका लागि नेपाल कम्युनिस्ट पार्टी डोटीले राहतको व्यवस्था गर्न आबश्यक पहल गरिरहेको कुरा समेत सेक्रेटरी धामीले जानकारी दिएका छ्न।

प्रतिक्रियाहरु

[anycomment]