गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु !

काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु फेला परेको छ । बास्कोटाको भक्तपुरस्थित बालकोट निवासमा कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको हो । बास्कोटाका स्वकीय सचिव नवराज ढकालले भक्तपुरको लोकन्थलीस्थित बास्कोटा निवासमा शंकास्पद वस्तु फेला परेको पुष्टि गरे ।
बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेको बताइएको छ । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद वस्तु देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी घटनास्थल पुगिसकेको र अनुसन्धान भइरहेको बताइएको छ ।