नेकपा ललितपुरद्वारा ढुङ्गा उत्खनन तत्काल रोक्न माग

२०७९ मंसिर २२ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले गोदावरी गोदावरी न.पा. ७ बाबिया गाउँको देविचौर बस्ती पुरै पहिरोको जोखीममा पर्ने गरी भैरहेको ढुङ्गा उत्खनन कार्य तत्काल रोक्न माग गरेको छ। सो पार्टीले बुधबार बिज्ञप्ति जारी गर्दै ७६ घरधुरी रहेको बस्ती उठिबास लगाउने गरी भैरहेको ढुङ्गा उत्खनन रोकी पिडित बस्तीको रक्षा गर्न माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ललितपुरद्वारा जारी बिज्ञप्तिमा क्वालिटी रोडा ढुङ्गा उद्योग प्रालि, सजिलो ढुङ्गा उद्योग प्रालि, मछिन्द्र ढुङ्गा उद्योग प्रालि, बहुबली ढुङ्गा उद्योग प्रालि, शान्ति गणेश ढुङ्गा उद्योग प्रालि र जय बुद्ध ढुङ्गा उद्योग प्रालि ले ५ बर्ष देखि अवैध रूपमा ढुङ्गा निकासी गरिरहेको कुरा उल्लेख गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला इन्चार्ज एबं नेकपा पोलिटव्युरो सदस्य हितमान र नेकपा ललितपुरका सचिव ललितद्वारा हस्ताक्षरित बिज्ञप्तिमा यस्तो कार्य तत्काल रोक्न सम्पूर्ण सरोकावाला पक्षलाई आग्रह गर्दै उक्त कार्य तत्काल नरोकिए जनतासंगै आफ्नो पार्टी पनि संघर्षमा जाने चेतावनी समेत दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]