टिकापुर नगरपालिकालाई ९बुदे ज्ञापनपत्र

२०७९ मंसिर २६ गते, सोमबार


काठमाडौँ । नगरपालिकाभित्र हुने गरेको भ्रष्टाचारको खेल रोक्नु पर्ने, भुमिहिन तथा सुकुम्बासीहरुको उचित र बैकल्पिक व्यवस्था नगरी विस्थापित गर्ने काम रोक्नु पर्ने भन्दै आज कैलाली जिल्लाको टिकापुर नगरपालिकालाई ९ वुदे ज्ञापनपत्र बुझाइएको छ।नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थानीय युवा, सुकुम्बासी र समाजसेवी सहित नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहमार्फत टिकापुर नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो।
नेपाल कम्युनिस्ट पार्टीका नेता जगत सीको नेतृत्वमा आइतबार पालिकाको कार्यालयस्थित पेश गरिएको ९ बुदे ज्ञापन पत्रमा बैकल्पिक व्यवस्था बिना भुमिहिन सुकुम्बासीहरुलाई उठिबास लगाउने कार्य बन्द गरिनु पर्ने, नगरपालिकाको मातहतमा रहेको सार्वजनिक जमिनलाई भु- माफियाको हातमा पारी सुकुम्बासीलाई भुमिहिन बनाउने कार्यको छानवीन गरिनु पर्ने , नगरपालिका भित्र भैरहेका बिकासनिर्माणका काममा ढिलासुस्ती र कमिशन जस्ता कार्यलाई रोक्न तत्काल पहल गरिनु पर्ने,टिकापुर पार्कमा भैरहेको फोहोरको उचित व्यवस्था गरिनु पर्ने, करोडौंको लगानीमा बनेको सिटी हल प्रयोगमा ल्याइनु पर्ने, छाडा चौपायाहरुको दीर्घकालीन व्यवस्था गरिनु पर्ने र टिकापुरको उध्योग, व्यापार र पर्यटन प्रवर्द्धनका लागि खुला सिमानामा हुने गरेको अवैध निकासी पैठारी रोकिनु पर्ने लगाएतका मागहरु राखिएका छन।


युवा संगठन नेपालका उपाध्यक्ष दिनेश सी सहितको सहभागीतामा पेश गरिएको ज्ञापनपत्र पछि कार्यक्रमलाई दिनेश सी ले सम्बोधन गरेका थिए भने उल्लेखित मागहरुलाई अबिलम्ब कार्यान्वयन नगरिए थप संघर्षको थालनी गरिने चेतावनी समेत दिइएको छ।- पृथ्वी लुहार

प्रतिक्रियाहरु

[anycomment]