युवा संगठनद्वारा कुवेतमा अलपत्र धनकुमारी घर्ती मगरको उद्दार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले कुवेतमा अलपत्र पारिएकि धनकुमारी घर्ती मगरको उद्दार गरेको छ ।कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्ला लेकबेसी गाउँपालिका-२ लेक खर्क घर भएकि धनकुमारी घर्ती मगरलाई दुई महिना अघि कुबेतमा घरेलु कामदारको रुपमा पुर्याइएको थियो । दलालहरुले विभिन्न प्रलोभनमा पारी कुबेतसम्म पुर्याइएकी धन कुमारीलाई शाररिक तथा मानसिक रुपमा चरम यातन दिदै आइरहेको थियो । उनले काम गर्ने घर मालिकले शाररिक तथा मानसिक यातना दिने गरेको र नेपालबाट पनि उनिलाई त्यहाँसम्म पुर्याउने दलालले फोन मार्फत मानसिक रुपमा विभिन्न दबाबहरु दिने गरेको धन कुमारिले बताइन ।
दलाललाई अब म काम गर्न सक्दैन मलाई नेपाल फर्काउनु भनी धेरै पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको र अझ उल्टै डर धम्की दिने गरेको घर्तीले बताइन् । धनकुमारी घर्ती मगर दलालमार्फत कुबेत पुगेको र दुख पाइरहेको तथा हाल दलालहरुले कुनै वास्ता नगरेको अझ डर त्रास देखाएको भनी धनकुमारीका आफन्त र स्वयम् धनकुमारिले युवा संगठन नेपालमा जानकारी गराएकि थिइन र उक्त बिषयमा संगठनले गहिरो अध्यान अनुसन्धान गरि विशेष पहल गर्दा धनकुमारीलाई सकुसल नेपाल ल्याउन सफल भएको संगठनका अध्यक्ष पाटन सीले जानकरी दिए ।
यस्ता प्रकारका घटनाहरु थुप्रै छन र त्यसको पहल संगठनले गरिरहेको जनाइएको छ । कुवेतबाट उद्दार गरेर नेपाल पुगेकी धन कुमारी घर्ती मगरलाई युवा संगठन नेपालका केन्द्रिय सचिव तिलक सी , संगठनका केन्द्रिय सदस्य अनिल सी र समाजसेवी रुपेश बाघचन्दले स्वागत गरि आफन्तजनलाई जिम्मा लगाएका छन । उद्दार कार्यमा सहयोग गर्ने रुपेश बाघचन्द लगायतलाई संगठनका केन्द्रीय सचिव तिलक सीले विशेष धन्यवाद दिए ।