अध्यादेश रोक्ने षड्यन्त्रविरुद्ध प्रदर्शन

काठमाडौँ । अखिल (क्रान्तिकारी) मकवानपुरले आज तीन बुँदे सहमति कार्यन्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने साम्राज्यवादी षड्यन्त्रको विरुद्ध विरोध प्रदर्शन गरेको छ । कार्यक्रम हेटौंडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडि भएको हो । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम बागमती इन्चार्ज विवेक सीले जुनसुकै हालतमा तीन बुँदे सहमति कार्यन्वयन गर्न सरकारलाई अनुरोध गरेका छन् । सथै उक्त सहमति लागू गर्ने मामलामा सरकारले अझै आलटाल गरिरहे भने कडा भन्दा कडा संघर्षमा उत्रिने बताए । कार्यक्रमको बेला क्रान्तिकारीले बोकेको प्लेकार्डमा “तीन बुँदे सहमती लागू गर, शैक्षिक व्यापार बन्द गर, शैक्षिक माफिया होसियार, वैदेशिक हस्तक्षेप बन्द गर, वैज्ञानिक समाजवाद जिन्दावाद, एमसिसी खारेज गर, वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागु गर भन्ने नाराहरु लेखिएको थियो । यसरी अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष सुर्य सीले सन्चालन गरेको कार्यक्रम बिहान सम्पन्न भएको छ ।