अध्यादेश रोक्ने सत्ताको षडयन्त्र !

२०७९ पुष १ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी जनक सीले पार्टीको तीन बुँदे सहमतिलाई कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने सत्ताको षडयन्त्र भएको ठोकुवा गरेका छन् । घोराही उपमहानगरले आयोजना गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादी षडयन्त्रकाविरुद्ध विरोध प्रर्दशनको कोणसभामा बोल्दै उनले सो ठोकुवा गरेका हुन् । सेक्रेटरी जनकले पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति आफ्नो पार्टीले अक्षरशः पालना गरेर अगाडि बढ्दै आइरहेको तर सरकारले विभिन्न षडयन्त्र गर्दै तीन बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अगाडि बढेको बताउदै भने – ‘अहिले फेरी अर्काे नाटक मञ्चन भइरहेको छ, सरकारले फेरी एउटा अध्यादेशमार्फत अभियान अगाडि बढाएको छ । तर, त्यो रोक्ने काम भएको छ । त्यो सम्पूर्ण दलालहरुको यो सत्तामा जनाताको व्यवस्था आउन नचाहने षडयन्त्रकारीहरुको षडयन्त्र हो । यसमा हामीले कसैले ठिक ग¥यो, कसैले बेठीक ग¥यो भन्ने पक्षमा छैनौं, कि त्यो सत्ताले गरेको षडयन्त्र हो ।’
पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति आगामी फागुन २१ गते दुई वर्ष पुग्ने र यो देशको स्वतन्त्रताको विषयमा, भ्रष्टाचारको विषयमा र राष्ट्रियताको विषयमा अगाडि आउँदै गर्दा जेल, हिरासत बस्नुपर्ने तथा हामीले मुद्धा र प्रतिबन्ध खेप्नुपर्छ भने आफूहरु हरेक कुराको सामना गर्न तयार रहेको उनको भनाइ छ । सरकारले तीन बुँदे सहमति कार्यान्वयनका लागि सम्झौता र ढिलासुस्ती गर्छ भने आफूहरु चुप लागेर नबस्ने बताए ।

नेता जनकले भने -‘यो देशमा एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था नल्याउँदासम्म हाम्रो क्रान्ति, आन्दोलन र जनताको आवाज उठाउँने कुरा निरन्तर अगाडि बढाउने छौं। हामी युद्ध चाहदैनौं । हामी शान्ति चाहन्छौं । शान्ति ल्याउनका लागि क्रान्ति भनिरहेका छौं । तर, यो सरकारले त्यहाँका दलालहरुले, त्यहाँका भ्रष्टचारीहरुले देशमा अशान्त मच्चाउन खोजिरहेका छन् । नेपाललाई द्वण्दतिर फर्काउन खोजिरहेका छन् । नेपाली जनताबीच फुट पैदा गर्न खोजेका छन् र आफ्नो लुटको स्वर्ग बचाइ राख्न चाहेका छन् । त्यसकारण यस्ता खालका षडयन्त्रहरु गरिरहेका छन् । ‘
घोराहीको शहिद गेटदेखि सुरु भएको विरोध प्रदर्शनको ¥याली तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभाको सहजीकरण नेकपा घोराही नगरका सेक्रेटरी दानबहादुर सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]