‘तीन बुदे सहमति कार्यान्वयन नभए भीषण संघर्ष हुन्छ’

२०७९ पुष २ गते, शनिबार


काठमाडौं । अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )का महासचिव ललित सी ले नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच भएको तीन बुदे सहमतिको पालना र कार्यान्वयन नभए मुलुकमा भीषण संघर्ष हुने चेतावनी दिएका छ्न। तीन बुदे सहमति अनुसार सहमतिको कार्यान्वयन अझै हुन नसकिरहेको बेला देउवा सरकारले कानुनी अड्चनलाई फुकाउने उदेश्यले मुलुकी फौजदारी संहिता २०८९ लाई पहिलो संशोधन सहित अध्यादेश रास्ट्रपति समक्ष पेश गरेपछि प्रस्तुत अध्यादेश असफल पार्ने षड्यन्त्र हुन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित देशव्यापी प्रदर्शन कार्यक्रम अन्तर्गत माइतीघर मण्डलामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव ललितले यस्तो बताएका हुन।
शुक्रबार भएको कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव ललितले ,आफुहरुले गरिरहेको संघर्ष देशका मजदुर , किसान , युवा, विद्यार्थी , सुकुम्बासी र न्यायका लागि भएकोले यस विरुद्ध कुनै षड्यन्त्र भए त्यसको डटेर सामना गर्नेछौ, उनले भने “केहि मानिसहरू पद ,पैसा र व्यक्तिगत स्वार्थका लागि तीन बुदे सहमति असफल पार्ने र देशलाई द्वन्द्वमा फसाउन खोज्दैछ्न।”
सम्बोधनको क्रममा उनले – नेपालको इतिहासमा बिगतमा कतिपय सम्झौताहरु दिल्ली र वासिङ्टनको इसारामा भएका छन तर तीन बुदे सहमति हाम्रो आफ्नै माटो र धर्तीमा गरेका थियौ ।देशको बिशिस्ट परिस्थिति र आबश्यकताले यो सहमति भएको हो , यस विरुद्ध कुनै पनि षड्यन्त्र हुनु भनेको देशलाई द्वन्द्वतिर फसाउनु हो , यो हाम्रा लागि कदापि सह्य हुन सक्दैन।हामीले गरिब मजदुर लगाएत देश र जनताको पक्षमा बोल्दा हाम्रा साथीहरू जेलमा हालिएका छन।कैयौंलाई बिनाकारण झुट मुद्दाहरू लगाइएका छन।राज्य आफौले गरेको सहमति र हस्ताक्षरप्रति इमानदार हुनुपर्छ ।हामिलाई रेशम चौधरी र सिके रावत सङ्ग एउटै डालोमा हाल्ने प्रयास नगरियोस् हामी चेतावनी दिन चाहान्छौ।

प्रतिक्रियाहरु

[anycomment]