‘तीन बुदे सहमति कार्यान्वयन विरुद्ध षड्यन्त्र गरे चुप लागेर बस्दैनौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर – ओखलढुंगा इन्चार्ज विवेक सी ले सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुदे सहमतिलाई कार्यान्वयन गर्न खोजिएको बेला यस विरुद्ध षड्यन्त्र भए आफुहरु चुप लागेर नबस्ने भन्दै चेतावनी दिनु भएको छ।सहमति अनुसार सरकारले मुलुकी फौजदारी संहिता ( पहिलो संशोधन) २०८९ रास्ट्रपति समक्ष पेश गरेपछि अध्यादेशलाई असफल पारेर देशम फेरि अशान्ति र अस्थिरता मच्चाउन खोजिएको भन्दै नेकपाद्वारा आज आयोजित देशव्यापी प्रदर्शन अन्तगत उदयपुरको सदरमुकाम गाइघाटमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता विवेकले यस्तो बताएका हुन।
नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार विच २० महिना अघि भएको तीन बुदे सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टी माथीको प्रतिबन्ध हटेपनि राजनीतिक आस्थाका आधारमा जेल र हिरासतमा रहेका बन्दीहरुको रिहाई र सरकारले लगाएका मुद्दाहरु खारेज नभएपछि नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो।
देशमा शान्ति , समृद्धि र स्थायित्व जरुरी भएको बेला एकातिर नेपालको भु- राजनीतिक सम्बेदनशिलता माथि बाह्य शक्तिले खेल्न खोजिरहेका छन भने अर्कातिर बिदेश शक्तिकेन्द्रको बलमा सत्ता र शक्तिमा पुग्न देश भित्रकै केहि पात्र र प्रवृतिले तीन बुदे सहमति असफल बनाउने, अस्थिरता र अशान्ति मच्चाउन अध्यादेश असफल गराउन प्रयास गरिरहेको बिश्लेसण भैरहेको छ।
शुक्रवार उदयपुरको गाइघाटमा आयोजित कार्यक्रमलाई जिल्ला सदस्य अमृत सी ले सञ्चालन गरेका थिए भने नेकपाले आगामी ५ गते सम्मका लागि संघर्षका प्रारम्भिक कार्यक्रम सार्वजनिक गरेको जनाएको छ। -अनिता गजमेर