अध्यादेशबिरुद्ध षडयन्त्र हुन लागेको भन्दै प्रदर्शन र कोणसभा

२०७९ पुष २ गते, शनिबार

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन वली सरकारबीच भएको ३ बुँदे राजनीतिक सहमति कार्यान्वयन गर्न देउवा नेतृत्वको गठबन्धन सरकारद्वारा ल्याईएको अध्यादेशबिरुद्ध षडयन्त्र हुन लागेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको नेकपाले कास्कीमा विरोध प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ । पार्टी केन्द्रको पुर्व निर्धारित कार्यक्रम अनुसार नै कास्की पार्टी संघर्समा उत्रेको अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सचिवालय सदस्य प्रकश सी ले बताए । पोखराको सृजनाचोकमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन युवराज सी ले गरेका थिए भने विरोध कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी ले सम्बोधन गरेका थिए । जिल्ला नेताहरु परिवर्तन , कर्ण सी लगाएत जबसका नेताहरुको समेत कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य कुमार सी ले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]