नेकपाका महासचिव विप्लवद्वारा द्रौपदा कार्कीको निधनप्रति शोक व्यक्त

काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य तथा रास्ट्रीय वामपन्थी मञ्च , नेपालका केन्द्रिय सदस्य सुरेन्द्र सी कि ८६ वर्सिय आमा द्रौपदा कार्कीको निधनप्रति शोक व्यक्त गरेका छन। सोमबार महासचिव विप्लवले एक शोक वक्तव्य जारी गर्दै कार्कीको निधनप्रति श्रद्धाञ्जली सहित शोक व्यक गरिएको छ ,भने परिवारजनमा धैर्यधारणको कामना सहित समवेदना प्रकट गरिएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा आज जारी गरिएको शोक वक्तव्यमा भनिएको छ:
“हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य तथा रास्ट्रीय वामपन्थी मञ्चका केन्द्रिय सदस्य कमरेड सुरेन्द्र सी कि ममतामयी आमा द्रौपदा कार्कीको ८६ वर्षको उमेरमा आज दिउँसो १:३० बजे झापाको अर्जुनधारा वार्ड न ५ स्थित आफ्नै निवासमा हुन गएको निधनको खबरले हामीलाई दुखित र मर्माहत तुल्याएको छ। आदरणीय आमा द्रौपदाको निधनले पार्टी , आन्दोलन र क्रान्तिका लागि क्षति भएको महसुस गरेका छौ। यस दु:खद परिस्थितिमा कमरेड सुरेन्द्र र उहाँको परिवारमा पर्न गएको शोकको घडीमा आमा द्रौपदा कार्कीप्रति पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।साथै परिवारजनमा शोकलाई शक्तिमा बदल्दै धैर्य धारणको कामना सहित समवेदना प्रकट गर्दछौ।”
