२०७९ पुष १९ गते, मंगलवार

गोदावरी नगरपालिकाको रोयल्टी अनियमितताको छानबिन गर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कैलालीले गोदावरी नगरपालिका भित्र नदीजन्य पदार्थको रोयल्टी संकलनमा अनियमितता भएको भन्दै संलग्नहरुलाई छानबिन गरी कारवाहीको दायरामा ल्याउन गोदावरी नगरपालिकाको ध्यानाकर्षण गराएको छ। नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विनोद बिष्ट , नगर इन्चार्ज कैलाश जोशी,सेक्रेटरी दानसिहं धामी,युवा संगठन नेपाल गोदावरीका अध्यक्ष दिपक धामी लगायतको टोलीले नगर प्रमुख विरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत वसन्त खत्री लगायतलाई भेटेर कारवाही गर्न ध्यानाकर्षण गराएको हो ।
सोमबार भएको छलफलमा खुटीया, खैराना र गोदावरी नदीको नदीजन्य पदार्थ (ढुङ्गा बालुवा, ग्राभेल)को रोयल्टी संकलनमा सरकारी छाप कृते गरी दुरुपयोग गरेको, केही कम्पनीसँग मिलेमतो गरी अनियमितता गरेको भेटिएकोले उक्त कार्यमा संलग्नलाई कारवाही गर्न, यस्ता अनियमित कार्य अविलम्ब रोक्न समेत माग गरिएको बताइएको छ।
गोदावरी नगरपालिकामा भएको भेटघाटमा नगर प्रमुख भट्टले अनियमितताको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत खत्रीले नगरपालिकाको छाप दुरुपयोग भएको स्विकार्दै अविलम्ब रोक्ने बताएको नेकपा गोदावरीका नगर इन्चार्ज कैलाश जोशीले जानकारी दिएका छन।

नदीजन्य बस्तुहरुको रोयल्टी संकलन प्रक्रियामा हुदै आएको अनियमितताको छानबिन गरि दोषी उपर कारवाहीका लागि सर्वप्रथम सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौ ,यदि अविलम्ब कारवाही नगरिए आफ्नो पार्टी जनकारवाही गर्न बाध्य हुने छ, भन्दै सेक्रेटरी विनोद बिष्टले चेतावनी दिएका छन।
अनियमितताबारे गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवाललाई फोन मार्फत बुझ्दा उनले “रोयल्टी अनियमिततामा को को संलग्न भएका हुन वा कसले कार्यालयको छाप दुरुपयोग गरेको हो भन्ने बारे हामीलाई अहिले सम्म जानकारी भएको छैन, यदि त्यस्तो भएको रैछ भने छानबिन गरि कार्बाहि गर्छौ “भनेर जवाफ दिएका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार