नेकपा बहुमतनिकट अखिल क्रान्तिकारी मकवानपुरका संयोजक अर्जुन नेकपामा समाहित

२०७९ माघ १५ गते, आईतवार


काठमाडौँ । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारी मकवानपुरका संयोजक अर्जुन लोप्चनले सो पार्टी, संगठन र जिम्मेवारी परित्याग गरि नेकपामा समाहित भएका छन् । बागमती गाउँपालिका-९ बेतिनीमा बसोबास गर्ने अर्जुन पहिला नेकपा निकट अखिल (क्रान्तिकारी) मा रहेर काम गरिरहेका थिए । स्थानीय तहको चुनाव उपयोग गरेर जाने भन्ने विषयले पार्टी कमिटी भित्र फाटो आए पछि अलमल्लमा परेका अर्जुनलाई नेकपा बहुमतले विद्यार्थीको जिल्ला संयोजक बनाएको थियो । तत्कालीन समयमा युवाहरूलाई आकर्षित गर्ने धेरै थरिका कुरा गरे तापनि हालसम्म आउँदा बहुमत पार्टीको विचार, सिद्धान्त र कार्यदिशा अस्पष्ट भएको र क्रान्ति सम्पन्न गर्ने खाले कुनैपनि योजना नभएकोले उक्त पार्टी संगठनको जिम्मेवारी परित्याग गरेको विज्ञप्तिमा लेखिएको छ । साथै हरेक परिस्थितिको सामना गर्दै एकीकृत जनक्रान्तिको बाटोमा अघि बढिरहेको विप्लव नेतृत्वको नेकपा मात्रै उत्कृष्ट विकल्प भएकोले पुनः उक्त पार्टी संगठनमा समाहित भएको कुरा उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार