नेकपाका दुई कार्यकर्ता रिहा !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष डिल्ली क्षेत्री र नेकपा बाकेका जिल्ला सदस्य धर्मराज सुनार रिहा भएका छन। उनीहरूलाई प्रहरीले नेपालगंजको नर्सिह होम मेडिकल कलेजको उपचार कक्षवाट पुस २० गते पक्राउ गरि बम विष्फोटको मुद्धा चलाएको थियो । नेपालगंजको भृकुटीनगर स्थित डिल्ली क्षेत्रीकाे कोठामा खाना पकाउने क्रममा प्रेसर कुकर विष्फोट हुदा कार्तिक ३० गते वुधवार राती साढे ८ वजे दुवै जना घाईते भएका थिए ।
प्रहरीले भने मंसिर ४ काे संघ र प्रदेशको चुनाव लक्षित गरि तर्साउने हिसावले विष्फोट गराउने बम वनाउने क्रममा विष्फोट हुदा उनीहरु दुवै जना घाईते भएको भन्दै पक्राउ गरि बम विष्फोटको मुद्धा चलाएको थियो ।
सरकारले तीन बुँदे सहमति गरी नेकपाका सवै नेता कार्यकर्ता जेलवाट छोड्ने सहमति गरेको वेला सामान्य कुरामा मुद्धा वनाएर नेकपाका कार्यकर्तालाई पक्राउ गरि जेल हाल्ने कार्य अझै राेकेकाे छैन ।